एजेन्सी । अभिनेता प्रभास अभिनीत बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने भएको छ ।

रामायणमा आधारित फिल्मको १६ जुनमा रिलिज हुने बताइएको छ । फिल्मका निर्देशक ओम राउत हुन् । फिल्ममा प्रभासको अलावा कृति सेनन पनि मुख्य भूमिकामा छिन् । फिल्म हिन्दीको अलावा तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा समेत रिलिज हुनेछ । फिल्ममा प्रभास भगवान रामको भूमिकामा छन्, भने कृति सीता, सन्नी लक्ष्मण र सैफ अली खान रावणको भूमिकामा छन् । फिल्मको पोष्टर , टिजर रिलिज भएदेखिनै यसलाई लिएर विवाद भइरहेको छ । कहिले रावण , कहिले हनुमान र कहिले रामको रुपलाई लिएर फिल्म विवादमा पर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्