झापा, बैशाख २२ । हिजो दिउँसो आएको हावाहुरीले झापाको भद्रपुरमा क्षति पुर्याएको छ ।

हावाहुरीले भद्रपुर नगरपालिका वडा नं ३ सूर्यनगरमा बढी क्षति पुर्याएको हो । हावाहुरीबाट लुखीराम मर्डी र सोफी दास चौधरीको घर भत्किएको छ । उनीहरुको घरको छानो उडाउनुका साथै घरको भित्ता समेत भत्काएको छ ।

त्यस्तै दुईवटा बिजुलीको पोल पनि लडाएको नेपाल रेडक्रस सोसाइटी महेशपुर उपशाखाका सभापति शम्सेर मोक्तान तामाङले बताए । घर भत्किएपछि पीडितहरु रातिदेखि छिमेकीको घरमा आश्रय लिएका छन् । उनीहरुलाई आज राहतस्वरुप एक–एक थान त्रिपाल वितरण गरिएको सभापति तामाङले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्