झापा, बैशाख २२ । सुनसरीको सिरुवा मेलाबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् ।

इटहरी उपमहानगरपालिका-१ स्थित आपगाछीमा लागेको सिरुवा मेलाबाट बिहीबार साँझ सवा ७ बजेको समयमा सुनसरीको गढीगाउँपालिका-२ घर भएका ३८ वर्षीय जमिल खातुनले मेलामा जेरी किनेर एक हजार रुपैयाँ तिर्दा पसलको मानिसले नक्कली पैसा दिएको शङ्का लागेर मेलामा डिउटी खटिएको प्रहरी टोलीलाई जानकारी गराएका थिए । घटना बारेमा जानकारी पाउन साथ प्रहरीले नियन्त्रणमा लिएको खातुनको साथबाट एक हजारको ६ थान र पाँच सयको २२ थान नक्कली नोट बरामद गरेको हो । घटना बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्