झापा, बैशाख २२ । इलामको सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कल बजारनजिकै घर बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ ।

स्थानीय विनोद श्रेष्ठको घर बनाउने क्रममा शुक्रबार दिउँसो ४.५० बजे घरनजिकैको माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । चारजना भारतीय कामदारहरु पुरिएको खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी फिक्कलबाट प्रहरी टोली खटिगई स्थानीय र नेपाल प्रहरी भएर उद्धार गरी फिक्कल हस्पिटलतर्फ पठाइएकोमा उनीहरु ४ जनालाई नै फिक्कल अस्पताल ल्याई पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।

मृत्यु हुनेहरु चारैजना एकै उमेरका १८ देखि २० वर्षका छन् । मृतकहरु भारत देश विहार प्रदेश जिल्ला किसनगञ्ज डिगलवैङ्क ५ बस्ने तोसिव आलम, सोही ठाउँका अजि मोदिन, मुजाफर आलम र अव्दुल आलम रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्