झापा , बैशाख २४ । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधवकुमार नेपालले बदमासी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्यानुपर्नेमा जोड दिएका छन्।

विराटनगर विमानस्थलमा आज बिहान स्थानीय संचारकर्मीहरु संगको कुराकानीमा अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाका संलग्नमा बदमासी जोसुकै भए पनि दण्डित हुनैपर्ने बताएका हुन् । उनले घटनाका संलग्नलाई बचाउने दबाबको सामु सरकार झुक्न नहुने समेत बताए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्ता प्रति औँल्याउदै उनले घटनामा संलग्न दोषीलाई बचाउन उच्च राजनीतिक नेतृत्वबाट सरकार र गृह मन्त्रीलाई समेत दबाब आएको भए पनि सरकार झुक्नु नहुने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्ता भएको थियो ।

गृह मन्त्रालयमा रहेको भुटानी शरणार्थीको नामावलीसम्बन्धी फाइल संशोधन गरेर नेपाली नागरिकको नाम समावेश गरेर अमेरिका पठाउने तयारी भइरहेको यस घटनामा संलग्नको आशंकामा पक्राउ परेकाहरुबाट खुलेको थियो । उक्त घटनामा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् । यसअघि रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्ट बिहीबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्