झापा , बैशाख २४ । विराटनगरमा प्रहरीले ५४ तोला सुन र आठ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ६१ वर्षीय विनोदकुमार मुरारका, उनकी ५६ वर्षीया श्रीमती पुष्पा मुरारका र भ्यान चालक विराटनगर-२ का ५२ वर्षीय विमल कामत रहेका छन् । विराटनगरको रानी नाकाबाट भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र आठ केजी चाँदीसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विनोद दुगड ग्रुपका लेखापाल रहेको अनुसन्धानमा खुलेको छ । उनी आफ्नो घर भारतको विहार कटिहार जान लागेका थिए । उनीहरुको साथबाट ५४ तोला सुन , आठ केजी चाँदी र ७ लाख ९५ हजार २८९ भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बरामद गरिएको सामान करिब ९० लाख मूल्य बराबरको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्