झापा , बैशाख २५ । आज विश्व रेडक्रस दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनको अवसरमा उनको योगदानको कदर गर्दै विविध कार्यक्रम गरी विश्वभर मनाइन्छ । रेडक्रसका संस्थापक हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । सन् १८६४ मा जेनेभा सम्मेलनले आधिकारिक मान्यता दिएपछि यो दिवस विश्वभर मनाउन थालिएको हो । नेपालमा २०२० सालमा रेडक्रसको स्थापना भएको थियो । नेपालका ७७ वटै जिल्लामा रेडक्रसका शाखा, एक हजार बढी उपशाखा र ११ लाख बढी स्वयंसेवक आबद्ध छन् । रेडक्रसले युद्ध , प्राकृतिक विपत्तिमा परेकाको उद्धार तथा जीवनरक्षाको क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा रेडक्रसले एम्बुलेन्स, रक्तसञ्चार, विपद् व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचार, आँखा अस्पताललगायतका आकस्मिक सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्