झापा, बैशाख २६ । झापा सुरूङ्गाको एक होटलमा २४ वर्षिया एक महिला झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

सुरूङ्गा बजारमा रहेको हाम्रो पाथिभरा होटल एण्ड लजको भाडामा लिएको एक कोठामा २४ वर्षिया सीता वुढाथोकी चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

होटल एण्ड लज रहेको घरको कोठा भाडामा लिएर विगत ९ महिनादेखि बस्दै आएकी बुढाथोकी सुरुङ्गाको झापा रोडस्थित एक होटलमा काम गर्दै आएकी थिइन् । उनका श्रीमान् रमेश चौधरी भने सोही घरमा रहेको होटलमै काम गर्दै आएको होटलका संचालक बताउँछन् । घटनाबारे अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्