झापा , बैशाख २६ । झापाको कचनकवल गाउँपालिकाले वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम स्वीकृति दिन शुरु गरेको छ ।

सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएसँगै कचनकवल गाउँपालिकाले बैशाख २४ गतेदेखि सो सेवा सुरु गरेको हो । कचनकवलका भुवनसिंह राजवंशीलाई क्लिनरका लागि मलेसिया जान श्रम स्वीकृति प्रदान गर्दै सेवा शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत हिरादेवी यादवले बताइन् ।

संघीय सरकारले वैशाख ३ देखि संघ र प्रदेशमा रहेको श्रम स्वीकृत गर्ने सेवालाई विकेन्द्रित गर्दै स्थानीय तहसम्म पु¥याएको थियो । अनुमति पाएपछि श्रम स्वीकृति प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताइन् । स्थानीय तहबाट श्रम स्वीकृति वितरण भएपछि आफ्नो पालिकाबाट कुन मुलुकमा के कामको लागि नागरिक वैदेशिक रोजगारीमा गएका छन् भन्ने सम्पूर्ण विवरण रहने उपाध्यक्ष नवराज भट्टराईले बताए ।यसअघि झापाका अन्य पालिकाहरुले पनि श्रम स्वीकृति दिन शुरु गरिसकेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गर्ने निर्णय गरेको थियो । यसअघि काठमाडौंबाट मात्र हुँदै आएको श्रम स्वीकृति दुई वर्षअघि मात्र प्रदेशस्तरमा लगिएको थियो । हाल नगर वा गाउँपालिका अन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत अनलाइन आवेदन दिन सकिने र श्रम स्वीकृति लिन सकिने व्यवस्था छ । यो व्यवस्थाका कारण हजारौं खर्च गरेर श्रम स्वीकृति लिन प्रदेशका श्रम तथा रोजगार कार्यालय जानुपर्ने बाध्यता हटेको छ । बंैकिङ कारोबार पनि पालिकाहरुले गर्नसक्दा श्रम स्वीकृतिको सेवा प्रभावकारी हुने कचनकवलका प्रमुख प्रशासकीय अधिकृत यादवले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्