झापा , बैशाख २६ । आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ ।

बिहान ८ बजेबाट १२ बजेसम्म परिक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्षको परिक्षामा यस वर्ष ५६ हजारभन्दा बढी बिद्यार्थी ग्रेड बृद्धीका लागि परिक्षामा सामेल भएका छन् । त्यसका लागि १,४५३ परीक्षा केन्द्रहरु तोकिएका छन् । परिक्षा जेठ ५ गतेसम्म हुनेछ । १७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परिचालन हुनेछन् । सुरक्षाकर्मीसहित करिब ५० हजार जनशक्ति परिचालन हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । परीक्षामा गत वर्ष ३ विषयमा एनजी आएका करिब ५६ हजार विद्यार्थीले परीक्षा दिनेछन् । यो भन्दाअघि दुई वा दुईभन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरूमा सोही वर्षमात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्