एजेन्सी । स्टार खेलाडी लियोनल मेसी र विश्वकप विजेता अर्जेन्टिनी फुटबल टोलीले यस वर्षको प्रतिष्ठित लौरियस वल्र्ड स्पोर्टस अवार्ड जितेका छन् ।

मेसीले सर्वोत्कृष्ट खेलाडीका रुपमा ब्यक्तिगततर्फ र विश्वकप विजेता अर्जेन्टिनाले सर्वोत्कृष्ट टोलीका रुपमा उक्त अवार्ड प्राप्त गरेका हुन् । कतारमा सम्पन्न विश्वकप फुटबलको उपाधि अर्जेन्टिनालाई जिताउन मेसीले महत्वपूणर् भूमिका निर्वाह गरेका थिए । अर्जेन्टिनाले विश्वकप जित्दा मेसी कप्तानको भूमिकामा पनि थिए । उक्त विश्वकपमा अर्जेन्टिनाले खेलेका समूहगत चरणको एउटा वाहेक हरेक खेलमा मेसीले गोल गरेका थिए । प्रतियोगिता अवधिभरमा ७ गोल गर्दै मेसीले सिल्भर बुट पुरस्कार पाएका थिए । विश्वकपमा उनले गोल्डेन बल पनि पुरस्कार पाएका थिए । मेसी एउटै वर्षमा ब्यक्तिगत र टिमको रुपमा अवार्ड प्राप्त गर्ने पहिलो खेलाडी पनि बनेका छन् । स्पोर्टस वुमन अफ दि इयरको अवार्ड भने जमैकाकी स्प्रिन्टर शेली एन फ्रेजर प्रिसले हात पारेकी छन् । गत जुलाईमा भएको विश्व एथलेटिक्स च्याम्पियनसिपमा उनले १ सय मिटर दौडमा स्वणर् पदक जितेकी थिइन् । सोही प्रतियोगितामा ट्रयाक इभेन्टमा ५ स्वणर् जित्ने उनी पहिलो खेलाडी पनि बनेकी थिइन् । यसैगरी ‘लौरियस वल्र्ड ब्रेकथ्रु अफ दि इयर अवार्ड’ भने स्पेनिस युवा टेनिस खेलाडी कार्लोस अल्कारजले पाएका छन् । ‘लौरियस वल्र्ड कमब्याक अफ दि इयर अवार्ड’ म्यानचेस्टर युनाइटेडबाट ब्यवसायीक फुटबल खेल्ने डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सनले पाएका छन् । वर्षभरी खेलकुदमा खेलाडी र टिमले प्राप्त गरेको उपलब्धिका आधारमा हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गरिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्