एजेन्सी । सोसल मिडिया प्लेटफर्म ट्विटरले वर्षौँदेखि निष्क्रिय अकाउन्ट बन्द गर्ने भएको छ ।

कम्पनीका मुख्य कार्यकारी अधिकारी एलन मस्कले सोमबार यसबारे जानकारी दिएको हो । यो कदमले थुप्रै प्रयोगकर्ताका फलोअरमा कमी आउन सक्ने उनले बताएका छन् । यो नयाँ नियम कहिले देखि लागू हुन्छ भन्नेबारे विस्तृत जानकारी भने आइसकेको छैन । ट्विटरको नियम अनुसार लामो समयसम्म निष्क्रिय भएका अकाउन्ट स्थायी रूपमा डिलिट हुनबाट जोगिनका लागि प्रयोगकर्ताले हरेक ३० दिनमा कम्तीमा एक पटक आफ्नो अकाउन्ट लग इन गर्नुपर्नेछ ।

ट्विटरले १५० करोड अकाउन्ट डिलिट गर्ने
यसअघि मस्कले ट्विटरको करोडौँ निष्क्रिय अकाउन्ट हटाउने घोषणा गरेको थियो । मस्कले सन् २०२२ डिसेम्बर ९ मा गरिएको ट्विटमा भनेका थिए, ट्विटरले छिट्टै १.५ बिलियन अकाउन्टको नेम स्पेसलाई फ्री गर्न सुरु गर्नेछ ।

स्पेस फ्री हुनेछ तर युजर बेस घट्नेछ
मस्कको यो निणर्यले ती प्रयोगकर्तालाई फाइदा हुनेछ जसले एक निश्चित युजर नेम चाहन्छन् तर दिन पाइरहेका छैनन् किनभने कसैले पहिले नै यो नाम राखिसकेको छ । मस्कको यो कदमले स्पेस त फ्री हुनेछ तर यसले ट्विटरको युजर बेस पनि कम हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्