झापा, बैशाख २७ । गौरादह उद्योग वाणिज्य संघको निर्वाचनमा मिश्रित मतपरिणाम आएको छ ।

मंगलबार मध्यरातमा सम्पन्न मतगणनाको परिणाम अनुसार संघको अध्यक्षमा पुनः जीतबहादुर कार्की विजयी भएका छन् । उनले २५० मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेसम्बद्ध व्यवसायीहरुको समर्थन थियो भने स्वतन्त्र व्यवसायीहरुको समर्थन रहेको अध्यक्षका अर्का प्रत्यासी प्रकाश बाँस्कोटाले १८२ र कांग्रेसको समर्थन पाएकी लक्ष्मी बाराकोटी प्रसाईले १७८ मत प्राप्त गरेकी छिन् ।

संघको वरिष्ठ उपाध्यक्षमा अशोक चुँडाल २६७ मत ल्याएर विजयी भए । उनी बाराकोटी प्यानलका उम्मेदवार हुन् । द्वितीय उपाध्यक्षमा दिलबहादुर अधिकारी ३१९ मत ल्याएर विजयी भए भने तृतीय उपाध्यक्षमा ताराकुमार श्रेष्ठ, महासचिवमा इश्वरकुमार खत्री अधिकारी र कोषाध्यक्षमा हरि कार्की विजयी भएका छन् । निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको महासचिव पदमा लोकतान्त्रिक समूहका खत्री विजयी भएका हुन् । उनले प्रगतिशील समूहका क्रान्ति दिप काफ्लेलाई ४६ मतान्तरले पराजित गरे ।

त्यस्तै खुल्ला सदस्यहरुमा भानु आचार्य, कृतेन्द्र ढुंगाना, भानु सुवेदी, मोहनप्रसाद पराजुली, हरिचन्द्र अधिकारी , ज्ञानेन्द्रप्रसाद लोहनी , महिला सदस्यतर्फ गिता खतिवडा र मेनुका पोख्रेल विजयी भएका छन् ।
त्यस्तै भूगोलतर्फ दुर्गा साह वडा नं ७÷८ (सर्वसम्मत),प्रेमबहादुर बस्नेत वडा नं १,अनिश कार्की वडा नं २÷३, कृष्ण कार्की वडा नं ४÷५÷६ र
गजेन्द्र ढुंगाना वडा नं वडा ९ विजयी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्