एजेन्सी । प्रभास र कृति सेनन स्टारर फिल्म आदिपुरुषको बहुप्रतिक्षित ट्रेलर मंगलबार रिलिज भएको छ ।

रिलिज भएको केही घण्टामै फिल्मको ट्रेलरले आरआरआरको रेकर्ड तोड्न सफल भयो । हिन्दी ट्रेलरले नै २१ घण्टामा युट्युबमा ५ करोड १० लाख भ्युज पारेको छ । यूभी मोसन पिक्चरद्वारा साझा गरिएको ट्रेलरले तेलुगुमा १ करोडभन्दा बढी भ्यूहरू, तमिल र मलायालममा ३३ लाख र कन्नडमा १७ लाखभन्दा बढी भ्यूहरू प्राप्त गरेको छ । यो सङ्ख्या निरन्तर बढ्दै गएको देखिन्छ । यसअघि आरआरआरले २४ घण्टामा कूल ५.११ करोड भ्युज कमाएको थियो । आदिपुरुषले ८ घण्टामा नै सो आँकडा पार गरेको थियो । भ्युजका साथसाथै आदिपुरुषको ट्रेलर लाईकको हिसाबले पनि निकै अगाडि छ । ट्रेलरलाई ५ मिनेटमै १ लाखभन्दा बढीले लाइक गरेका छन् । यसअघि यो कीर्तिमान केजीएफ च्याप्टर २ मा रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्