झापा , बैशाख २९ । विराटनगर महानगरपालिका-१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

कुपी (टुकी)बाट मट्टितेल खन्याएर शरीरमा आगो लगाएकी ४० वर्षीया आशा शर्मा (कोइरी)को मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार पति राजकुमार कोइरीसँग भएको सामान्य विवादपछि गत बुधबार राति ९ बजेतिर आशाले मट्टितेल खन्याएर शरीरमा आफैँले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगोले शरीरका अधिकांश भाग जलेकी उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा भोलिपल्ट अर्थात बिहीबार साँझ ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्