एजेन्सी । ट्विटरका मालिक एलन मस्कले बिहीबार कम्पनीका लागि नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) फेला पारेको बताएका छन् ।

नयाँ सीईओ को हुँदै छन् भनेर नाम नतोके पनि आउँदो ६ हप्तामा पदभार सम्हाल्ने मस्कले बताएका छन् । तर, वालस्ट्रिट जर्नलले भने एनबीसी युनिभर्सलको विज्ञापनका लागि प्रमुख लिन्डा याकारिनोले ट्विटरको नयाँ सीईओ बन्न वार्ता गरिरहेको जनाएको छ । “मैले एक्स/ट्विटरका लागि नयाँ सीईओ नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु । उनी ६ हप्तामा काम सुरु गर्नेछिन्,” मस्कले ट्विटमा लेखेका छन् । मस्कले केही साताभित्र आफ्नो भूमिका भने चिफ टेक्नोलोजी अफिसरमा सार्ने बताएका छन् । गत अक्टोबरमा ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका मस्कले डिसेम्बरमा कोही उपयुक्त मान्छे भेटे आफूले सीईओबाट राजीनामा दिने बताएका थिए । तर, ट्विटरको नयाँ सीईओ को हुन् र कुन मितिदेखि पदभार सम्हाल्दैछन् त्यो भने अहिले मस्कले खुलाएका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्