झापा , बैशाख २९ । मोरङको राठी म्यानुफ्याक्चरिङमा आगलागी भएको छ ।

जिल्लाको बुडीगङ्गा गाउँपालिका-५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गर्दै आएको राठी उद्योगमा गएराती २ बजेदेखि आगलागी भएको मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । आगलागी अहिलेसम्म पूणर्रूपमा नियन्त्रणमा आउन सकेको छैन । डिएसपी दाहालका अनुसार बाहिरी संरचनाको आगो नियन्त्रणमा लिइएपनि भित्र रहेका सामानमा लागेको आगो नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणमा लिन १२ वटा वारूणयन्त्रसहित सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको डिएसपी दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्