एजेन्सी । गायक अरमान मलिकले बलिउडमा भइरहेको राजनीतिबारे खुलेर कुरा गरेका छन् ।

अरमानले चलचित्र क्षेत्र छोड्ने निणर्य पनि गरेका छन् । उनले बलिउडका गायकहरूले चलचित्रमा गीत गाउँदा पारिश्रमिक नपाउने तथा गीत हिट भयो भने गायकले लाइभ शो मार्फत कमाइ गर्ने निर्माण पक्षको अनुमान रहने उनको भनाई छ । गायकले यो पनि खुलासा गरे कि उनी बिना कारण अन्तिम क्षणमा उनका गीतहरू बदलिन्थे, जसले उनलाई धेरै चोट पुर्‍याएको उनको जिकिर छ । यी सबै कुराबाट दिक्क भएर अब अरमानले बलिउड म्युजिक इन्डस्ट्री छोड्दैछन् । यी सबै छोडेर उनी आफ्नो संगीतमा ध्यान दिन चाहन्छन् । राज शामनीको पोडकास्टमा अरमानले उनी धेरै पटक रिप्लेस हुनुपरेको खुलासा गरे । उनले भने- ’मेरो जीवनको त्यो फेज थियो, जब प्रोजेक्टहरूबाट मेरो ठाउँमा अन्यलाई राखिन्थ्यो । यी सबै कुराबाट बाहिर निस्कनुपर्छ भन्ने लागेको छ ।’ उनले भने, ‘यी सबै कुराले मलाई निकै डर पैदा गर्‍यो म सोच्न थालेँ- के म राम्रो गायक होइन ? तर म गायकको रूपमा कस्तो छु भन्नेमा म ढुक्क छु ।’ न्युजिल्यान्डमा केही समय बिताएपछि अब यो माहोलबाट बाहिर आएर आउन चाहेको अरमानले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्