एजेन्सी । सोसल मिडिया प्लेटफर्म ट्विटरको मालिक एलन मस्कले नयाँ सिइओ नियुक्त गरेका छन् ।

मस्कका अनुसार लिंडा याकारिनोलाई ट्विटरको नयाँ सिइयोको रूपमा नियुक्त गरेका छ । यसअघि यो पदमा मस्क आफै रहेका थिए । मस्कले भनेका छन् -’ याकारिनोले बिजनेस र अपरेसनमा ध्यान दिनेछिन् । म चाहिँ प्रडक्ट डिजाइनमा विशेष ध्यान दिनेछु । ’मस्कले ट्विट गर्दै भनेका छन् ‘नयाँ सिइयोको रूपमा लिंडा याकिरानोलाई स्वागत गर्न पाउँदा म उत्साही छु र उनले यो संस्थालाई थप उचाइ दिने विश्वास छ ।’