झापा, बैशाख ३१ । झापामा प्रतिबन्धित लागूऔषध गाँजासहित दुई महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दमक ३ बस्ने ६५ वर्षिया फूलमाया लिम्वु राई र विर्तामोड नगरपालिका वडा नं.५ सुकुमबासी बस्ती बस्ने ६० वर्षिया सैरुन खातुन भन्ने चम्फा चौधरी रहेका छन् ।उनीहरुको साथबाट १८ केजी १ सय ग्राम गाँजा बरामद भएको छ ।

गत बैशाख २६ गते दिउँसो ४ बजेको समयमा दमक नगरपालिका वडा नं.३ शान्ति मार्गमा लागूऔषध गाँजा खरिदबिक्री भईरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक,प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल वेलडाँगीबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले फूलमाया लिम्वु राईलाई १७ के.जी. गाँजासहित फेला पारेको थियो । उनलाई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बैशाख २९ गते साँझ ५.३० बजेको समयमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले विर्तामोड नगरपालिका वडा नं.५ सुकुमबासी बस्ती बस्ने सैरुन खातुन भन्ने चम्फा चौधरीले लागूऔषध गाँजा बिक्री गर्न छुट्टाछुट्टै प्लाष्टिकमा प्याक गरिरहेको अवस्थामा फेला पारी १ केजी, १०० ग्राम गाँजा बरामद गरेको थियो । उनलाई नियन्त्रणमा लिई उनको साथमा रहेको ३ हजार ९०० नगदसमेत बरामद गरी ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्