झापा , बैशाख ३१ । धनकुटाको चौविसे गाउँपालिका-५ बोधेस्थित जंगलमा चितुवाको आक्रमणबाट तीनजना स्थानीय घाइते भएका छन् ।

घाइते हुनेहरुमा २६ वर्षीय मुकेश याखा, ३० वर्षीय भुवन याखा र ३३ वर्षीय पविन याखा रहेको प्रहरीले जनाएको छ । शनिबार अपराह्न मौनाखोला नजिकको जंगलमा सुँगुरलाई चारो खोज्ने क्रममा उनीहरु चितुवाको आक्रमणमा परेको प्रहरीको भनाइ छ । घाइतेमध्ये पविनको स्थानीय मेडिकलमा उपचार गरिएको छ भने मुकेश र भुवनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनीहरुलाई शनिबार राति अस्पताल पुर्‍याइएको हो । सुरुमा मुकेशलाई चितुवाले आक्रमण गर्दा छुट्याउने क्रममा अन्य घाइते भएको जनाइएको छ । मुकेशको हात र खुट्टामा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी नायब निरीक्षक शारदाप्रसाद साहले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्