हल्दिवारी , जेठ १ ।सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. ले हल्दिवारीका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

सहकारीले हल्दिवारी १ गोलधापस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ५० थान स्कूलब्याग, २१५ थान टाई र २२० थान बेल्ट वितरण गरेको हो ।

विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि संस्थाको तर्फबाट सो सहयोग गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए । अध्यक्ष भट्टराईले शैक्षिक गुणस्तर सुधारका लागि सिम्रिक साकोस सदैव साथमा रहेको बताउँदै हल्दिबारी गाउँपालिकामा नमुना विद्यालयका रुपमा स्थापित हुनका लागि शुभकामना दिए ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यता, हल्दिबारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष देवीप्रसाद थापाको विशिष्ट आतिथ्यता, हल्दिबारी गाउँपालिकाकी शिक्षा शाखा प्रमुख जनककुमारी राईको विशेष आतिथ्यतामा संचालन भएको कार्यक्रममा संस्थाका अध्यक्ष भट्टराई, सचिव ईन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत र विभागीय प्रमुख प्रेम बस्नेतद्वारा ती सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य दिँदै गाउँपालिका अध्यक्ष लिङ्देनले सिम्रिक साकोसलाई शैक्षिक सामग्रीका लागि विशेष धन्यवाद दिँदै सरकारले मात्र नभई हरेक क्षेत्रबाट शैक्षिक गुणस्तर सुधारका लागि यसरी नै हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए । उनले आगामी दिनहरुमा शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले सदैव साथ र सहयोग गर्ने जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्