एजेन्सी । शक्तिशाली चक्रवात मोखाले बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा वितण्डा मच्याएको छ ।

बीबीसी बंगाली सेवाका अनुसार बंगलादेशको कक्स बजार जिल्लामा करिब १० हजार घरमा क्षति पुगेको छ । म्यानमार र बंगलादेशमा चक्रवात मोखाले दस्तक दिएपछि तटीय क्षेत्रका तल्लो क्षेत्रमा बाढी आउनुका साथै रुखहरु ढलेका छन् । कक्स बजारको रोहिंग्या शिविरमा सरसामान छरिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार यस चक्रवातबाट विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर कोक्स बजार निकै प्रभावित भएको आशंका व्यक्त गरिएको छ । बंगलादेशको मौसम विज्ञान कार्यालयले कक्स बजारका लागि शीर्ष १० खतराको संकेत जारी गरेको थियो । यो चक्रवात कमजोर हुँदै गएको मौसमविद्ले बताएका छन् । तर, हावाहुरी सकिए पनि आगामी दुई-तीन दिनसम्म लगातार वर्षा हुने चेतावनी दिइएको छ । कक्सबजारमा हावाहुरी केही कमजोर भएपछि अहिले मानिसहरु घर फर्किरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्