एजेन्सी । सन् २०२१ मा पञ्चकुलाको मन्सा देवी कम्प्लेक्समा भएको चोरीको आरोपमा भारतीय प्रहरीले चारजनालाई नेपालीलाई पक्राउ गरेको छ ।

द ट्रिब्युन इन्डियामा प्रकाशित समाचारका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय गोपाल भन्ने खगेन्द्र सार्की, ३० वर्षीय करन बहादुर, ३२ वर्षीय स्काई सिंह र २२ वर्षीय टेकबहादुर सार्की रहेका छन् । सन् २०२१ को नोभेम्बर २० मा तीनजना लुटेराहरु ६५ वर्षीया अनु वालियाको घरमा प्रवेश गरेका थिए । उनीहरुले हतियार देखाएर ५ लाख ५० हजार बराबरको नगद , १० वटा हिराको औँठी तथा अन्य सुन र चाँदीका गहना चोरेर फरार भएका थिए । क्राइम ब्रान्चका प्रहरी इन्सपेक्टर मोहिन्द्र सिंह धान्डाले करन बहादुरले सो घरमा १०-१५ दिनअघि देखि काम गर्न सुरु गरेको र उनकै योजनामा अन्य तीनजनाले चोरी गरेको जानकारी दिए । उनीहरुलाई गुरुग्रामबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्