झापा, जेठ १ । चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

चलचित्र यही जेठ २६ गते प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति लक गरेको हो । यसअघि यो चलचित्र २०७९ को तिहारको छेकोमा प्रदर्शनमा ल्याउने तयारी थियो । तर, प्राविधिक कारण प्रदर्शन मिति पछिलाई सारिएको थियो । तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको चलचित्र सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको छ । चलचित्रमा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दीप सिग्देल, अम्बिका तामाङलगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्