झापा, जेठ २ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा व्यवसायीलाई व्यवस्थित गर्न ब्रोकर लाइसेन्स अनिवार्य लिनुपर्ने व्यवस्था लागु गर्न माग गरेका छन् ।

मंगलबार ‘मुलुकको आर्थिक वृद्धिमा घर जग्गा क्षेत्रको सम्भावना’ विषयक एकदिवसीय कार्यशाला गोष्ठीमा उनले सबै घरजग्गा व्यवसायीलाई करको दायरामा ल्याउनु पर्ने बताए । “सुरुमा आफ्ना लागि घर बनाउने र पछि त्यो घर बिक्री गर्ने काम भइरहेको छ”, मल्लले भने, “घरजग्गा व्यवसायीलाई करको दायरामा ल्याउनु पर्छ । जसले गर्दा राजस्व संकलनमा सहयोग पुग्छ ।” उनले एनआरएनलाई पनि घरजग्गामा लगानी गर्न र विदेशीलाई अपार्टमेन्ट किन्न दिनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्