इलाम,जेठ ३ । इलाममा आत्महत्या गर्न खोज्ने एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

चार दिनअघि आत्महत्या गर्छु भनी घरबाट हिडेका इलाम नगरपालिका ४ बरबोटे स्थायी घर भएका ३० वर्षिय सुनिल सुनुवार मुखियालाई प्रहरीले उद्धार गरेको हो । प्रहरी र स्थानीयको सहयोगमा ४ दिनपछि आज बिहान ८ बजे इलाम नगरपालिका ४ स्थित नौकिलो जंगलको ओडारमा बसिरहेको अवस्थामा फेला पारी उनलाई सकुशल परिवारसमक्ष बुझाईएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक विपन विश्वकर्माले बताए ।

गत बैशाख ३१ गते बिहान ७.३० बजेको समयमा घरबाट निस्केका मुखियाले मोबाईलमार्फत आत्महत्या गर्छु भन्ने म्यासेज ईन्टरपोललाई पठाएका थिए । सो म्यासेज ईन्टरपोल, साईवर ब्युरो हुँदै जिल्ला प्रहरी कार्यालय इलाममा प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्