झापा, जेठ ३ । पाँचथरमा ट्रयाक्टरबाट झरेर दई जना विद्यार्थीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मेची राजमार्गअन्तर्गतको फिदिम– भारपा सडकखण्डको हिलिहाङ गाउँपालिका ७ साम्मेवामा ट्रयाक्टरबाट झरेर दुई बालिकाको ज्यान गएको हो ।
ट्रयाक्टर चढेर जय भवानी आधारभूत विद्यालय जाँदै गरेका १३ बर्षिया पुजना सुवेदी र ९ बर्षिया गंगा सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।चालकको सिटको छेउमा रहेको दुई विद्यार्थी ट्रयाक्टरबाट झरेपछि ट्रयाक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुवँरले हिलिहाङ गाँउपालिका–७ निवासी कमल सुवेदीका दुई छोरी पुजना र गंगाको मे १ त २९६१ नम्बरको ट्रयाक्टरबाट खसेर मृत्यु भएकोे जानकारी दिए ।
हेवाखोलादेखि बालुवा लिएर सल्लेरी जाँदै गरेको ट्रयाक्टर चढेर विद्यालय जाँदै गरेका पुजना र गंगाको बुधबार बिहान मृत्यु भएको हो ।

यसैगरी, दुई जना घाइते भएका छन् । घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टर चालक फरार रहेको प्रहरी निरीक्षक कुवँरले जानकारी दिए । दुई विद्यार्थीको मृत्यु भएपछि चालक भाग्दा ट्रयाक्टर दुर्घटना भएको थियो । सोहि क्रममा डालामा बालुवामाथि बसेका दुई जना विद्यार्थी घाईतेसमेत भएको प्रहरीले जनाएको छ ।
उक्त ट्रयाक्टरमा ११ जना विद्यार्थी चढेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्