झापा, जेठ ४ । झापामा बैङ्किङ कसुर मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साविक पाठामारी गा.बि.स.४, हाल कचनकवल गाउँपालिका वडा नं.५ बस्ने ३४ वर्षिय धर्मनारायण गणेश रहेका छन् । उच्च अदालत पाटनको मिति २०७८ फागुन ९ गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्धामा गणेशलाई ३ दिन कैद, रू ७ लाख ५२ हजार जरिवाना र पीडित राहत कोषमा रु ३०हजार ८० जम्मा गर्नु पर्ने सजाय सुनाइएको थियो ।

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो । झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले गणेशलाई कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्