झापा , जेठ ५ । अमेरिकामा चर्चित गायक सुगम पोखरेल, प्रसिद्ध कलाकार तक्मे बुढा (विल्सन विक्रम) राई, नेपाली चलचित्रका महानायक राजेश हमाल तथा कार्यक्रम प्रस्तोता तथा गायक (र्यापर) आसिफ शाहसहितको साङ्गीतिक कार्यक्रम (युएसए साङ्गीतिक अमेरिका यात्रा) हुने भएको छ ।

मिम नेपालको प्रस्तुति रहने उक्त कार्यक्रम अमेरिकाको लागि ई-पिक इन्टरटेनमेन्टले अमेरिकाका विभिन्न राज्यहरूमा यात्रा गराउने जिम्मेवारी लिएको छ । कार्यक्रम आगामी जुन, जुलाई, अगस्ट गरी ३ महिनासम्म चल्ने ई-पिक इन्टरटेनमेन्टका प्रतिनिधि अभिजित राईले बताए । कार्यक्रम विभिन्न राज्यहरूमा प्रस्तुत गर्न चाहना राख्ने नेपाली समुदायले सिधै ई-पिक इन्टरटेनमेन्टसँग सम्पर्क गर्न सकिने आयोजकले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्