झापा, जेठ ५ । चालु आर्थिक वर्षको चैतसम्ममा बीमितहरूले साढे ९ अर्ब रुपैयाँभन्दा बढीको बीमा पोलिसी त्याग गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आवको चैतसम्ममा जीवन बीमा कम्पनीका बीमितहरूले ९ अर्व ६७ करोड ५६ लाख रुपैयाँ बराबरको ६५ हजार ८५० वटा बीमालेख सरेण्डर गरेका हुन् । अर्थतन्त्रमा शिथिलता आएसँगै पोलिसी समर्पण (त्याग) गर्नेको संख्या बढ्दै गएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार , जीवन बीमा कम्पनीहरूबाट बीमितहरुले साउनमा १ अर्व १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा बीमालेख सरेण्डर गरेका थिए । त्यस्तै भदौ महिनामा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा, असोजमा ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ३ वटा, कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हजार ७४९ वटा बीमालेख सरेण्डर भएका थिए । त्यस्तै, मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा, पुसमा ७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ वटा, माघमा १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ (बराबरको ९ हजार ८३९ वटा, फागुनमा १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको ८ हजार ९३९ वटा र चैतमा १ अर्ब १ करोड ६ लाख रुपैयाँ बराबरको ९ हजार ३५८ वटा बीमालेखहरू विमितहरूले त्याग गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्