झापा , जेठ ५ । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसद्वारा सञ्चालित बीएससी सीएसआइटी विभागमा विद्यार्थीले लगाएको ताला पाँच दिन पछि आज खुलेको छ ।

एमएमसी बीएससी सीएसआइटी संघले राखेको एक सूत्रीय माग क्याम्पस प्रशासन पक्षले पूरा गरेपछि विभागमा लगाइएको ताला खोलिदिएको एमएमसी बीएससी सीएसआइटी संघका अध्यक्ष भास्कर रिजालले जानकारी दिए । विद्यार्थीले आइतबारदेखि तालाबन्दीको कार्यक्रम गर्दै पठनपाठन समेत ठप्प पारेपछि आज बिहान दुवै पक्षबीच सहमति भएको थियो । क्याम्पस प्रशासनले बीएससी सीएसआइटी रिक्त रहेको पदमा प्रोग्राम कोडिनेटरमा प्रा.डा सरोज नेपाल र डेपुटी कोडिनेटरमा राजु पौडेललाई नियुक्ति गरेपछि आन्दोलनका सम्पूणर् कार्यक्रम समेत फिर्ता लिएको उनले बताए । २०७५ सालदेखि क्याम्पसमा बीएससी सीएसआइटी विषयमा पठनपाठन हुँदैछ । हाल बीएससी सीएसआइटी विषयमा ५ वटा ब्याच गरी करिब १७० जना विद्यार्थीहरू अध्ययनरत छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्