झापा , जेठ ५ । राष्ट्रिय जनावर गाई काटेको आरोपमा मोरङको केराबारीबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका-३ की ३७ वर्षीया पवित्रा तामाङ, ५० वर्षीया नीरमाया तामाङ, केराबारी-७ का २३ वर्षीय सन्तोष लिम्बू र २२ वर्षीया मञ्जु लिम्बू रहेका छन् । केराबारी-३ साइ डाँडामा गाई काटेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ४ जनालाई बिहीबार राति ८ बजेतिर पक्राउ गरिएको हो । पक्राउ परेकाको घरबाट गाईको मासु , टाउको र खुट्टा बरामद भएको दाहालले बताए । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्