झापा,जेठ ५ । झापा गाउँपालिकाले सडकमा मकैको विस्कुन सुकाउन प्रतिवन्ध लगाएको छ ।

सडक नै ढाक्नेगरी मकै सुकाउँदा दुर्घटनाको जोखिम बढेकोले गाउँपालिकाले त्यस्तो कार्य गर्न रोक लगाएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले एक सूचना जारी गरी गाउँपालिका क्षेत्रभित्रका विभिन्न मुख्य सडक तथा भित्री सडकहरुमा जथाभावी मकैलगायतका कृषिजन्य उपजहरुको बिस्कुन सुकाईएको कारण सार्वजनिक यातायात सञ्चालनमा अवरोध सिर्जना भएको, आवतजावतमा कठिनाई भएको तथा दुर्घटनाको जोखिम समेत बढेकोले उक्त कार्य नगर्न÷नगराउन सूचित गरेका छन् ।

यस सूचनाको अवज्ञाका कारण हुन जाने दुर्घटनाजन्य घटनाको जिम्मेवारी बिस्कुन सुकाउने व्यक्ति स्वयंले व्यहोर्नु पर्ने चेतावनी दिइएको छ । सडक ढाक्नेगरी बिस्कुन सुकाउँदा धेरै मोटरसाइकल र स्कुटी चालकहरु चिप्लिएर लडेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्