झापा , जेठ ७ । नेपालले अतिकम विकसित राष्ट्रबाट विकासशीलमा स्तरोन्नति भएपछि पनि नेपाली वस्तुलाई दिँदै आएको सुविधा जारी राख्न अमेरिकालाई आग्रह गरेको छ ।

शुक्रवार काठमाडौँमा बसेको नेपाल-अमेरिका टिफा काउन्सिलको छैटौं बैठकमा नेपालले उक्त आग्रह गरेको हो । अमेरिकाले नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (एनटीपीपी) अन्तर्गत नेपालका विभिन्न ७७ वस्तुलाई भन्सारमुक्त प्रवेश दिएको छ । सन् २०१५ मा आएको विनाशकारी भूकम्पपछि नेपालको आर्थिक पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त प्रोग्राम ल्याइएको थियो । १० वर्षका लागि ल्याइएको प्रोग्रामको अवधि सन् २०२५ मा सकिन्छ । सन् २०२६ मा नेपाल विकासशील मुलुकमा उक्लिँदै छ । विकासशील भइसकेपछि उक्त सुविधा गुम्ने अनुमान छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्