एजेन्सी । एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेयता ट्विटरमा निरन्तर व्यापक परिवर्तन हुँदै आएको छ ।

यसबीच गत बिहीबार कम्पनीका मालिक मस्कले एक नयाँ फिचर थप गरेको घोषणा गरे । मस्कका अनुसार अब ट्विटरमा भेरिफाइड भएका अथवा ब्लू टिकमार्क पाएका प्रयोगर्ताले दुई घण्टा लामो (आठ जीबी) सम्मको भिडियो अपलोड गर्न पाउनेछन् । पैसा तिरेर मिल्ने ब्लू टिकमार्क भएका प्रयोगकर्तालाई यसअघि एक घण्टा लामो भिडियो अपलोड गर्न मिल्ने फिचर उपलब्ध थियो । भेरिफाइड नभएका अरु प्रयोगकर्ताले भने १४० सेकेण्ड लामो भिडियोमात्रै अपलोड गर्न पाउनेछन् । मस्कले फिचर घोषणा गर्ने बित्तिकै केही प्रयोगकर्ताहरूले ट्विटरमा पाइरेटेड फिल्म अपलोड गरेका थिए । तर, केही समयपछि ट्विटरले उक्त भिडियो हटाएको थियो । ट्विटरको यो नयाँ फिचरले यसलाई युट्युब र फेसबुक जस्तै बनाउने संकेत गरेको छ । यद्यपि , अहिलेसम्म यसमा भिडियोका लागि छुट्टै ट्याब भने उपलब्ध भइसकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्