एजेन्सी । साउदी अरबस्थित डा.सुलिमान अल हबिब हस्पिटलले २ सय नेपाली नर्सको माग गरेको छ ।

नेपालमा भर्खर पढाई सकेर नेपाल नर्सिङ काउन्सिलमा रजिस्ट्रेसन भएका नर्सले यसमा आवेदन दिन सक्नेछन् । जसका लागि नेपालबाट मनास्लु इन्टरनेश्नल सर्भिसले काम गरिरहेको छ । ‘नेपालबाट बिना लगानी नर्सहरू साउदी जान सक्नेछन्,’ मनास्लु इन्टरनेश्नल सर्भिसका प्रमुख बालकृष्ण श्रेष्ठले भने, ‘नेपाली नर्सको विश्वसनियता र क्षमताले गर्दा यति ठूलो संख्यामा माग आएको हो ।’ मनास्लु इन्टरनेश्नल सर्भिसका अनुसार साउदी अरब जान चाहने २१ वर्षदेखि ४० वर्ष उमेर समूहका नर्सहरुले यसका लागि आवेदन दिन सक्नेछन् । जेठ ७ गतेदेखि ११ गते सम्म मनास्लु इन्टरनेश्नल सर्भिसमा पिसिएल, बिएस्सी, बिएन, बिएनस अध्ययन पूरा गरेका, एकेडेमिक सर्टिफिकेट र नर्सिङ लाइसेन्स भएका नर्सले आवेदन दिन सक्नेछन् । साउदी अरब सरकारको मापदण्ड अनुसार साउदी अरेबियामा नर्सको रूपमा काम गर्न योग्य हुन नर्सहरूसँग एक वर्षको क्लिनिकल अनुभव हुनुपर्छ । तर, यसपटक नयाँलाई अवसर प्रदान गर्न खोजिएको जनाइएको छ । सन् २०१९ बाट नेपाली नर्सहरू साउदीका विभिन्न अस्पतालमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्