झापा , जेठ ८ । धरानमा हत्याधुनिक हतियारको कारोबार गर्ने थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले अत्याधुनिक यूएसए लेखिएको एक थान पेस्तोल र म्याग्जिन बरामत गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूहका प्रहरी नायव निरीक्षक रुद्र खड्का र इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लको संयुक्त टोलीले धरान-१० का ३५ वर्षीय राजेश लिम्बू र धरान-५ का कुमार भण्डारीलाई पक्राउ गरेको हो । उनीहरुले धरान-८ को जनता ग्यारेजमा अत्याधुनिक पेस्तोल लुकाई राखेको भन्ने विशेष सुराकीको आधारमा छापा मार्दा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको डीएसपी मल्लले बताएका छन् । प्रहरीले केहि दिन अगाडि पनि धरान-१७ का हुकमेन जिमी, दिपक जिमी र रोहित राईलाई दुईथान पेस्तोलसहित पक्राउ गरेको थियो । हतियारसहित पक्राउ परेका पाँचैजनालाई हातहतियार खरखजना सम्बन्धि कसुरअन्तर्गत जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गरी घटनाको अनुसन्धान थालिएको बताए । नेपाल-भारत खुल्ला सीमानाको मौका छोपी हतियार कारोबारीहरुले अत्याधुनिक हतियार धरानसम्म ल्याएर बिक्री गर्ने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्