झापा, जेठ ८ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ इण्डियन वुमन्स लिग फुटबलमा सर्वाधिक गोलकर्ता बनेकी छिन्।

गएराति सम्पन्न लिगमा सावित्रा सम्मिलित टोली गोकुलम् केरलाले उपाधि जित्दा सावित्राले सर्वाधिक गोलकर्ताको उपाधि जितेकी हुन्। प्रतियोगितामा भएका १० खेलमा सावित्राले गोकुलम्का लागि सर्वाधिक ३० गोल गरेकी छिन् । उनले सर्वाधिक गोलकर्ताको रूपमा भारु एक लाख पुरस्कार प्राप्त गरिन् । गएराति भएको फाइनल खेलमा किकस्टार्ट एफसी कर्नाटकाविरुद्ध जित निकाल्दा पनि सावित्राले गोल गरेकी थिइन् । साथै उनले दुई गोलका लागि असिस्टसमेत गरिन्। किकस्टार्टमा नेपाली राष्ट्रिय टोलीका दुई सदस्य सरु लिम्बू र रेनुका नगरकोटी आबद्ध थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्