बिर्तामोड, जेठ ८ । बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका टहरा भत्काउन थालेको छ ।

व्यापारीहरुलाई आग्रह गरेर पटकपटक समय दिँदा समेत नटेरेपछि डोजर प्रयोग गरी नगरपालिकाले आज दिउँसोदेखि भत्काउन थालेको हो । सयौं सुरक्षाकर्मीको तैनाथीमा ७ वटा डोजरले दिउँसो १२.३० बजेदेखि टहरा भत्काउन थालेका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने ,नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलगायतको नेतृत्वमा केहीबेर व्यापारीहरुले डोजर रोक्ने प्रयास गरेका थिए । उनीहरुले डोजरमाथि ने चढेर अगाडि बढ्न दिएका थिएनन् । तर , सातवटा डोजरले एकसाथ भत्काउन थालेपछि व्यापारीहर तितरबितर भएका थिए । सुरक्षाकर्मीहरुले बल प्रयोग गर्नुपरेन ।

डोजर रोक्न खोज्दै वाणिज्य संघका अध्यक्ष शिवाकोटी

त्यहाँ जनपद , सशस्त्र र नगर प्रहरी तैनाथ गरिएको छ । पूर्वपट्टिबाट डोजर प्रयोग गरी भत्काउन थालिएको हो । नगरपालिकाले कसैलाई नछोड्ने भएपछि यतिबेला बाँकी व्यापारीहरुले टहराबाट धमाधम आ–आफ्ना सामान निकाल्ने काम गरिरहेका छन् । व्यापारीहरुले एउटा डोजरको सीसा फुटाइदिएका छन् भने एउटाको चावी थुतेका थिए ।

तोडफोड गरिएको डोजर

यसअघि बुधवारे हटिया खाली गर्न नगरपालिकाले पटकपटक सूचना जारी गरेको थियो । दुई दिनअघि माइकिङसमेत गरिएको थियो । टहरा खाली गराई त्यस क्षेत्रमा बहुतले व्यवसायिक भवन बनाउने योजना रहेको छ ।

सामान सार्दै व्यापारी

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्