एजेन्सी । आज (मे २३) देखि भारु दुई हजाका नोट परिवर्तन गर्ने प्रक्रिया सुरु भएको छ ।

बैंकहरुमा गएर नोटहरू साट्न सकिनेछ । यी नोटहरू जुनसुकै बैंकमा परिवर्तन गर्न सकिन्छ । भारतीय रिजर्व बैंकले २००० रुपैयाँका नोट फिर्ता लिने घोषणा गरेको थियो । यी नोट मे २३ देखि सेप्टेम्बर ३० सम्म बैंकमा जम्मा गर्न वा साट्न सकिनेछ । एक पटकमा केवल दस नोट साटिने जनाइएको छ । नोट साट्नको लागि कुनै अतिरिक्त शुल्क लाग्ने छैन । मे १९ मा, आरबीआईले बैंकहरूलाई तत्काल नयाँ २००० नोट जारी गर्न बन्द गर्न भनेको थियो । सोही दिन सबै बैंकलाई नोट साट्न निर्देशन दिइएको थियो । आरबीआईले ३० सेप्टेम्बर २०२३ सम्म २००० नोटहरू जम्मा वा साट्न सकिने बताएको छ । यद्यपि आरबीआईले यसपछि के हुन्छ भन्ने स्पष्ट पारेको छैन । यस सम्बन्धमा आरबीआईले नयाँ दिशानिर्देश जारी गर्ने सम्भावना छ । ३१ मार्च २०२३ सम्म बजारमा ३.६२ लाख करोड भारु मूल्यको २ हजारका नोट चलनमा थिए । ३१ मार्च २०१८ मा यी नोटको सबैभन्दा बढी सर्कुलेशन ६.७३ लाख करोड रुपैयाँ थियो, जुन कुल नोटको १० प्रतिशत हो । २ हजार को नोट पहिलो पटक नोभेम्बर २०१६ मा आरबीआई ऐन १९३४ को धारा २४(१) अन्तर्गत जारी गरिएको थियो । त्यतिबेला ५०० र १००० का नोट बन्द भएपछि अर्थतन्त्रमा मुद्राको आवश्यकता पूरा गर्न २ हजारका नोट जारी गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्