झापा, जेठ ९ । सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको निधन भएको छ।

सफा हिमाल अभियान-२०२३ का सरदारसमेत रहेका शेर्पाको सोमबार निधन भएको हो । उनी बिगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा थिए। ओखलढुंगा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प-२ मा क्याम्प म्यानेजरको भूमिकामा रहँदै गर्दा उनी अचेत हुन पुगेका थिए । सफाइ अभियानमा प्रयोग गरिएका सामानहरु फिर्ता गर्ने तयारी गर्दैगर्दा अचेत अवस्थामा पुगेका शेर्पाको सोमबार निधन हुन पुगेको नेपाली सेनाले जनाएको छ । उनको पार्थिव शरिरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं लगि पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ । उनीसहित निधन भएका थप दुई शेर्पाको पार्थिब शरिर पनि परिवारजनलाई बुझाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्