झापा, जेठ ९ । प्रतिनिधिसभा सदस्य मानबहादुर गुरुङले देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई-पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सबै जिल्ला प्रशासनबाट इमरजेन्सी ई-पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका हुन् । राहदानी लिन जनताले निकै सास्ती व्यहोर्नु परेको भन्दै उनले सातै प्रदेश सदरमुकामबाट ई-पासपोर्ट मेसिन पनि राख्न माग गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्