झापा, जेठ ९ । कैदी भगाएर फरार भएका अर्जुनधारा नगरपालिका–११ का ४६ वर्षीय सागर दाहाल १५ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले कैदी भागे भगाएको सम्बन्धी मुद्दाका फरार प्रतिवादी साबिक शनिश्चरे गाविस–७ हाल अर्जुनधारा नगरपालिका–११ का ४६ वर्षीय दाहाललाई मंगलवार पक्राउ गरेको हो । उनलाई झापा जिल्ला अदालतको २०६५ जेठ २६ गतेको फैसला अनुसार दुई महिना कैद र दुई सय रुपैयाँ जरिवानासहितको सजाय तोकिएको थियो ।

त्यस्तै चोरी मुद्दाका अर्का फरार प्रतिवादी पनि पक्राउ परेका छन्। चोरी मुद्दाका बाह्रदशी गाउँपालिका–६ का २६ वर्षीय करण भन्ने नगेन्द्र चौधरीलाई मंगलबार पक्राउ गरिएको डीएसपी रिजालले जानकारी दिए। झापा जिल्ला अदालतको २०७८ कार्तिक १४ गतेको फैसला अनुसार ५ वटा चोरी मुद्दामा चौधरीलाई एक वर्ष ६ महिना कैद र ७५ हजार जरिवानासहितको सजाय तोकिएको थियो । पक्राउ परेका दुवै जनालाई अदालतमा पेस गरी कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाइसकेको डीएसपी रिजालले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्