एजेन्सी । ‘साराभाई भर्सेस साराभाई ’ मा जस्मिनको भूमिका निभाएकी वैभवी उपाध्यायको कार दुर्घटनामा निधन भएको छ ।

दुर्घटना हिमाचल प्रदेशमा सोमबार भएको थियो । चण्डीगढमा बस्ने उनको परिवार शव लिएर मुम्बई गइसकेका छन् र आज उनको अन्तिम संस्कार गरिनेछ । निर्माता तथा अभिनेता जेडी मजेठियाले यो खबरको पुष्टि गरेका छन् । वैभवी ‘सीआईडी’ र ‘अदालत’ जस्ता धेरै शोकी हिस्सा थिइन् । यद्यपि उनी ‘साराभाई भर्सेस साराभाई’ को लागि बढी चिनिन्छिन् । उनले यस शोमा जस्मीनको भूमिका निभाएकी थिइन् । ‘साराभाई भर्सेस साराभाई’ मा सँगै काम गरेकी अभिनेत्री रुपाली गांगुलीले पनि सामाजिक सञ्जालमा यसका लागि दुःख व्यक्त गरेकी छिन् । उनले वैभवीको तस्बिर सेयर गर्दै लेखिन्, ‘तिमीले छिटै छोडेर गयौ ।’

कारमा प्रेमी पनि थिए
दुर्घटनाका बेला वैभवीका प्रेमी जय सुरेश गान्धी पनि थिए । उनलाई हल्का चोट लागेको छ । उनको बन्जार अस्पतालमा उपचार भइरहेको छ । जानकारीका अनुसार वैभवी आफ्ना प्रेमी जय सुरेश गान्धीसँग उनको फोरचुनर गाडीमा बन्जारको तीर्थन घाटीमा घुम्न गइरहेकी थिइन् । त्यति बेला उनीहरूको गाडी अनियन्त्रित भयो र उनीहरू सडकभन्दा ५० फुट मुनी खसे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्