एजेन्सी । ह्वाट्सएपले अब प्रयोगकर्तालाई मेसेज सम्पादन गर्न अनुमति दिनेछ ।

ह्वाट्सएपले प्रतिद्वन्द्वी सोसल मिडिया प्लेटफर्म टेलिग्राम र सिग्नलसँग प्रतिस्पर्धा गर्न नयाँ फिचर ल्याउने निणर्य गरेको हो । ह्वाट्सएपले सन्देश पठाएको १५ मिनेटभित्र सम्पादन गर्न सकिने जनाएको छ । अबको केही हप्तामा यो सुविधा प्रयोगकर्तालाई उपलब्ध गराउने सम्भावना गरिएको छ । सोमबार ह्वाट्सएपले एक ब्लगमा लेखेको छ , ‘हिज्जे सच्याउनदेखि सन्देशमा केही थप्नसम्म, अब तपाईंको सन्देशहरूमा थप नियन्त्रण हुनेछ । हामी यो सुविधाका लागि उत्साहित छौँ ।’ ब्लगमा थप भनिएको छ, ‘सन्देश सम्पादन गर्न, तपाईंले पठाएको सन्देशमा लामो प्रेस बटन थिच्नु पर्छ र त्यसपछि सम्पादन छनौट गर्नुपर्ने हुन्छ । सन्देशहरू १५ मिनेट भित्र सम्पादन गर्न सकिन्छ । सम्पादन गरिएको सन्देशमा ‘सम्पादन गरिएको’ ट्याग संलग्न हुनेछ ।’ यसले सन्देश पाउनेलाई यो सम्पादन गरिएको हो भनेर थाहा हुनेछ । यद्यपि, सन्देश कसरी सम्पादन भएको छ भनेर थाहा पाउने छैनन् । टेलिग्राम र सिग्नलले सम्पादन सुविधा उपलब्ध गराएपछि ह्वाट्सएपले यो सेवा घोषणा गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्