झापा , जेठ १० । उदयपुरको कटारी नगरपालिका-१२ चिलाउनेमा चट्याङले लागेर मंगलबार एक बालकको घटनास्थलमा नै ज्यान गएको छ ।

गाईगोठमा बसिरहेको बेलामा वर्षासँगै परेको चट्याङले लागेर स्थानीय निमा तामाङका १२ वर्षीय छोरा खड्गबहादुर तामाङको ज्यान गएको हो । लगातार परेको पानी नरोकिएपछि बालक गोठमा नै ओत लागेर बसेका थिए । घटनास्थलमा नै ज्यान गुमाएका बालकलाई प्रहरी चौकी बसेरी र ईलाका प्रहरी कार्यालय कटारीको टोलीले आवश्यक सर्जमिन मुचुल्कापछि कटारी अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरीनन्दन चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्