एजेन्सी । साउथ अभिनेता अल्लू अर्जुन हालका दिनमा आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को सिक्वेलल ‘पुष्पा २’को सुटिङ गरिरहेका छन् ।

अब यो फिल्ममा अभिनेता रणवीर सिंह पनि जोडिने भएका छन् । फिल्ममा उनले प्रहरी अधिकृतको भूमिका निभाउनेछन् । रणवीरले यसअघि फिल्म ‘सिम्बा’ र ‘सूर्यवंशी’मा प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका थिए । फिल्म ‘पुष्पा २’मा रणवीरले पुष्पा राजको परिचय गराउनेछन् । फिल्ममा रणवीरको भूमिका महत्वपूणर् हुने बताइएको छ । फिल्मका निर्देशक सुकुमारले फिल्ममा ठुला ठुला कलाकारको केमियो हुने बताएका छन् । उनले फिल्मको तेस्रो सिक्वेल बनाउने पनि सोच बनाइरहेको खुलाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्