बिर्तामोड, जेठ १० । बिर्तामोड ४ की विनिताकुमारी राजवंशी बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अघिल्लो निर्वाचनमा कार्यसमिति सदस्य पदमा उठेकी थिइन् । यस पटक उनी कोषाध्यक्ष पदमा उठेकी छन् ।

अघिल्लो निर्वाचनमा नजितेपनि सम्मानजनक मत पाएकी उनले बिर्तामोड खानेपानीमा सर्वसाधारणको पहुँच पुर्याउनका लागि फेरि यसपटक उम्मेदवारी दिएको बताएकी छन् । ‘बिर्तामोडमा विपन्न, आदिवासी जनजाति , दलित, अल्पसंख्यकको जनसंख्या ठूलो छ ’उनले भनिन्,‘तर, त्यस्ता लक्षित समूहको दश प्रतिशतले पनि खानेपानी उपभोग गर्न पाएका छैनन् ।’ यहाँसम्म कि धाराको खानेपानी खानुपर्छ भन्ने मानसिकता नै ती समुदायमा विकास भइनसकेको उनले अबस्था दर्शाइन्् । चेतनाको स्तरसंगै कमजोर आर्थिक अबस्थाका कारण सबै वर्ग र समुदायले खानेपानी उपभोग गर्न नसकिरहेको उनको बुझाइ छ । खानेपानीको जडान खर्च र महशुल महँगो भएका कारण आमसर्वसाधारणको पहँच पुग्न नसकेको उनले धारणा राखिन् ।

यही जेठ १५ गते हुन गइरहेको बिर्तामोड खानेपानीको निर्वाचनमा उनले स्वतन्त्र–प्रगतिशील प्यानलबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध उनले बिर्तामोड खानेपानीलाई आम सर्वसाधारणको पहुँचमा ल्याउन आफ्नो उम्मेदवारी भएकाले अमूल्य मत दिएर सहयोग गरिदिन आम उपभोक्ताहरुलाई अनुरोध गरेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्