एजेन्सी । मेटाले फेरि कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

योपटक करिब ६ हजार कर्मचारी कटौती गर्ने बताइएको छ । मेटाले यसअघि मार्चमा १० हजार कर्मचारी कटौती गरेको थियो । त्यसअघि, गत वर्षको नोभेम्बरमा ११ हजार कर्मचारी कटौती गरेको थियो । फेसबुक एवं इन्स्टाग्रामको अभिभावक कम्पनी मेटाले नयाँ राख्ने भनेका पाँच हजार कर्मचारी समेत नथपिने भएको छ । नोभेम्बरको कर्मचारी कटौती हुनुअघि फेसबुक भनेर चिनिने कम्पनीमा करिब ८७ हजार कर्मचारी थिए । फेसबुकका संस्थापक मार्क जुकरबर्गले गत वर्ष कर्मचारी कटौती गरेयता कामहरू आश्चर्यजनक रूपमा अघि बढेको बताएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्